images

२०८३ कार्तिक ६ गते

images
images
images

कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशतले बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशतले बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

images
images
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०÷८१ मा कामना सेवा विकास बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय विवरण अनुसार एक आर्थिक बर्षमा यस बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    images
    images

    गत आवमा बैंकको सञ्चालन मुनाफा ९७ करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६३ करोड ९१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

    यस्तै, गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकको लाभांश वितरण क्षमता करिब ११ प्रतिशत देखिन्छ।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ। अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो।

    चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ।

    समीक्षा वर्षमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा वर्षमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

    समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो। ईपीएस ६६.९४ प्रतिशतले बढेको छ।

    बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend