images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा १३.२७ गुणा...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा १३.२७ गुणा बढी आवेदन

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा १३.२७ गुणा बढी आवेदन

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं  । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ। सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्ममा १९ लाख ९७७ जनाबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ता खरिदका लागि आवेदन परेको हो । 

    images
    images

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोला प्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले बिक्री गर्न अनुमति पाएको थियो ।

    सो मध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    images
    images

    कम्पनीले बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend