काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरीयाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।
यसदिन सेयर बजार ५० अंकले बढ्यो भने परिसुचक २८१५ बिन्दुमा पुगेर रोकियो ।
यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ३९ करोडको कारोबार भयो । आज कारोबारमा आएका १८६ कम्पनीको सेयर बढ्यो भने ५३ कम्पनीको सेयर घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रि रि इन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।
यसदिन गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।




.gif)





