images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेले माग्यो प्रमुख कार्यकारी अधिकृत...

नेप्सेले माग्यो प्रमुख कार्यकारी अधिकृत (सूचनासहित)

नेप्सेले माग्यो प्रमुख कार्यकारी अधिकृत (सूचनासहित)

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा रोजगारीको अवसर खुलेको छ।नेप्सेले रिक्त रहेको उक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भएकोले इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

    images
    images

    इच्छुकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्नेछ।

    पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। उमेर हद ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ।

    images
    images

    भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्तिहरूले सिइओको लागि योग्य नहुने उल्लेख गरिएको छ।

    यस्तै, प्रचलित कानुन बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएका व्यक्ति सिइओको लागि अयोग्य हुने बताइएको छ। इच्छुकले फागुन १८ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन  दस्तुर सात हजार पाँच सय रूपैयाँ लाग्नेछ।

    nepse_-1740549610.jpg
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend