images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • कर्पाेरेशन नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट...

कर्पाेरेशन नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न

कर्पाेरेशन नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं।लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो हकप्रद शेयरको लिलाम प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। 

    images
    images

    कम्पनीले १ शेयर बराबर ०.८८४५१६८ शेयरको अनुपातमा हकप्रद शेयर आवेदन माग गरेको थियो। २०८१ माघ १४ गतेका दिन प्रकाशित सूचना अनुसार, २०८१ माघ २१ गतेदेखि २०८१ माघ ५ गतेसम्म बोलपत्रहरु प्राप्त भएका थिए।

    कम्पनीले प्रचलित कानून र धितोपत्र दर्ता नियमावलीको आधारमा बोलपत्र प्रक्रिया अगाडि बढाएको थियो। यस प्रक्रियामा १७९९ बोलपत्रहरु प्राप्त भएका थिए। सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रबाट ४९२,५७७ कित्ता शेयर बाँडफाँड गरिएको छ। लिलाम मूल्य रु.१०२२ प्रति शेयर निर्धारण गरिएको छ।

    images
    images

    बोलपत्रमा सबैभन्दा बढी रु.११०० प्रति शेयर र सबैभन्दा कम रु.१०० कबोल भएको थियो। बोलपत्र खोल्ने कार्य २०८१ माघ १२ गते सोमबार बिहान ८ः०० बजे देखी २ः०० बजे सम्म लिसारा बैकेट, नक्साल भगवति बहाल, काठमाडौँमा गोप्य शिलबन्दी प्रक्रियामा सम्पन्न भएको थियो।

    लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले यस प्रक्रियामा सहयोग गर्ने नेपाल धितोपत्र बोर्ड, आवेदन कर्ता, निष्काशन कम्पनी, सञ्चारकर्मी र सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend