images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ३.३५ अंकले बढ्यो नेप्से, ११ अर्ब...

३.३५ अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड रुपैयाँको कारोबार

३.३५ अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड रुपैयाँको कारोबार

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो ।

    images
    images

    यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

    यस दिन बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । उक्त दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
    सेयर बजारमा सामान्य वृद्धि, एक कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

    images
    images

    सर्वाधिक कारोबार हुने कम्पनी

    यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ८० करोड ६७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ६३ लाख १६ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३७ करोड ३१ लाख ६ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३० करोड ३१ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

    Capture

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend