images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • भारतको दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक डिएस...

भारतको दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक डिएस ग्रुप नेपाली बजारमा प्रवेश

भारतको दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक डिएस ग्रुप नेपाली बजारमा प्रवेश

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । बहुव्यापारिक कर्पोरेसन र अग्रणी भारतीय एफएमसीजी समूह धरमपाल सत्यपाल ग्रुप (डिएस ग्रुप) ले भारतीय एथ्निक कन्फेक्शनरी र माउथ फ्रेसनर ब्रान्डहरू लगायत आफ्ना लोकप्रिय कन्फेक्शनरीहरु नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।

    images
    images

    कम्पनीको यस कदमले विश्वव्यापी रुपमा विस्तार गर्दै नेपाली उपभोक्ताहरूलाई यसको प्रतिष्ठित उत्पादनहरूसँग परिचय गराएको छ । यी उत्पादनहरु नेपालमा वितरण गर्नको लागि एलजी इन्टरनेशनललाई अन–ग्राउन्ड व्यापार साझेदारको रूपमा नियुक्त गरिएको छ ।काठमाडौँमा आयोजित एक डिलर कार्यक्रमको साथ यी उत्पादनहरु नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख वितरकहरू र सरोकारवालाहरूलाई भारतीय स्वादका कन्फेक्शनरी उत्पादनहरू सहित मिठाईका विविध रेञ्जबारे परिचय गराइएको थियो । यसमा रजनीगन्धा सिल्भर पल्र्स, पास पास जस्ता ताजा माउथ फ्रेसनरहरू र पल्स क्यान्डी, लभिट र चेरियो (हार्ड बोइल्ड क्यान्डी) जस्ता लोकप्रिय क्यान्डी, च्युइङ गमहरू समावेश छन्।

    “डि.एस. ग्रुप भारतीय स्वादको कन्फेक्शनरी सेगमेन्ट सहितको आफ्नो कन्फेक्शनरीहरूको अद्वितीय स्वाद नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित छ,” भारतका लागि डिएस ग्रुपका वरिष्ठ निर्यात प्रबन्धक तनुज कुमारले भने, “हाम्रा नवीनतम उत्पादन पोर्टफोलियोले उच्च गुणस्तर र स्वादिष्ट परिकारहरू खोजिरहेका नेपाली उपभोक्ताहरूलाई आकर्षित गर्नेछ भन्ने हाम्रो विश्वास छ । हामी नेपालभर यी उत्पादनहरूको सफल र व्यापक उपलब्धता सुनिश्चित गर्न प्रतिबद्ध छौं । हाम्रो टोली हाम्रा साझेदारहरूलाई सहयोग प्रदान गर्न र चुस्त उपभोक्ता अनुभव प्रदान गर्न समर्पित छ।”

    images
    images

    नेपाली कन्फेक्शनरी बजार डिएस ग्रुपको लागि महत्त्वपूर्ण वृद्धिको अवसरका रुपमा रहेको छ । नेपालको समान परम्परा, विश्वास, स्वाद र प्राथमिकताहरू, भारतीय ब्रान्डहरूप्रतिको उच्च स्वीकार्यता तथा विशाल भारतीय पर्यटक संख्याको संयोजनले नेपाल एउटा आशाजनक बजार बनेको छ । डि.एस ग्रुपले नेपाली एफएमसीजी क्षेत्रको विकासमा योगदान पु¥याउँदै अद्वितीय यूएसपीहरू सहित उच्च गुणस्तर र नवीन उत्पादनहरू प्रदान गरेर पर्याप्त बजार हिस्सा कब्जा गर्ने लक्ष्य राखेको छ । यो विस्तारले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँदै नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नेछ ।

    हालै डिएस ग्रुपको कन्फेक्शनरी डिभिजनले आर्थिक वर्ष २०२३–२४ मा वार्षिक बिक्री कारोबारमा भारु १ हजार करोड पार गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । भारतमा डिएस ग्रुप गैर–चकलेट श्रेणीमा दोस्रो ठूलो कन्फेक्शनरी उत्पादक तथा उद्योगमा सबैभन्दा ठूलो, द्रुत गतिमा बढ्दो भारतीय कन्फेक्शनरी उत्पादकहरू मध्ये एक हो जसले हार्ड बोइल्ड क्यान्डी र भारतीय एथ्निक कन्फेक्शनरीहरूमा नेतृत्वदायी स्थान ओगटेको कम्पनीको भाइ छ ।दिगोपनमा जोड दिँदै कन्फेक्शनरी उत्पादनहरूको वितरणका लागि ८०० भन्दा धेरै विद्युतीय सवारी साधनहरूको व्यवस्था गरिएको छ, जसले स्वच्छ र सफा वातावरणमा योगदान पुर्‍याउने जनाइएको छ ।

    कम्पनीले पल्स, पास पास, रजनीगन्धा पल्र्स, चिङ्गल्स, पल्स नाटकरे, र हालै अधिग्रहण गरिएको लभिट जस्ता प्रमुख ब्रान्डहरूको लागि आकर्षक ब्रान्ड स्टोरीज र विशिष्ट उपभोक्ता प्रस्तावहरू तयार पारेको जनाएको छ । हार्ड बोइल्ड क्यान्डी बजारको प्रतिस्पर्धात्मक प्रकृतिको बावजुद, डीएसएफएलको ब्रान्ड “पल्स” ले विगत ८ वर्षदेखि मार्केट लिडरको रूपमा आफ्नो स्थान कायम राखेको छ । प्रतिस्पर्धी भारतीय एथ्निक कन्फेक्शनरी खण्डमा डीएसएफएल आफ्नो विविध उत्पादनरूको साथमा अलग्गै देखिन्छ । “पास पास”ले स्वादहरूको मिश्रणको आनन्द प्रदान गर्दछ भने “रजनीगन्धा पल्र्स” ले एउटै स्वादयुक्त उत्पादनको अनुभव प्रदान गर्दछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend