images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिन...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा २.६८ गुणा बढी आवेदन परेको छ।

    images
    images

    सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ ५ः८ बजेसम्म ३ लाख ७६ हजार ५८९ जनाले ४९ करोड ४५ लाख ८४ हजार रुपियाँ बराबर ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन्।

    नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई पहिलो चरणको आईपीओ वितरण गरेको थियो। अहिले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ बिक्री खुला गरिएको हो। कम्पनीले जारी गरेको पुँजीको ३० प्रतिशतका दरले २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो, जसमा प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपियाँ रहेको छ।

    images
    images

    यस आईपीओको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। साथै, ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि विशेष छूट राखिएको थियो।

    अब बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्, भने यदि तोकिएको अवधिमा पर्याप्त आवेदन प्राप्त नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ।

    आवेदकहरूले कम्तीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend