images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह...

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’ सार्वजनिक

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’ सार्वजनिक

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौँ ।  नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’  सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले कीर्तिमान कायम गरेको दावी गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल सेन्टो सार्वजनिक गरेको हो । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल-बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।  सेन्टो फुल-बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे । 

    फुल-बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पिइआइ रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण सेन्टो टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू- जस्तै विमानस्थल, सपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

    images
    images

    आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिमी मोटाइ भएका सेन्टो टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा राम्रो रहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ ।उक्त टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोधलगायतका सबै परीक्षणहरू पास गरेको छ ।

    नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भ¥याङ्गका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकडसहितको सेन्टो उपलब्ध भएको छ ।आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend