images

२०८३ आश्विन २४ गते

images
images
images

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ। गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तर्गत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो।

    images
    images

    आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो। रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए।

    फाइबरका लागि कच्चा पदार्थको रूपमा केराको थाम आवश्यक पर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उनले बताए। 'फाइबरका लागि केराको थाम आवश्यक पर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ,' उनले भने, '४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमित रूपमा हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ।'

    images
    images

    किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उनले बताए। गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चा पदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बीस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो। पालिकाले किसानबाट प्रति थाम रु २५ देखि रु ४५ सम्ममा खरिद गर्दै आएको छ।

    त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताइन्। बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चा पदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताए।'गाउँपालिकामार्फत अहिले खाँदा, गलैँचा, झोला बनाउँदै आएका छौँ,' अध्यक्ष थापाले भने, 'अब गुणस्तरीय र बजारमा माग हुने किसिमका हस्तकलाका सामग्री उत्पादनमा जोड दिन्छौँ।' पछिल्लो समय बढ्दो प्लास्टिकजन्य फोहरका कारण वातावरणमा असर भइरहेका बेला खेर जाने केराको थामको प्रयोगबाट हस्तकलाका सामग्री बनाएर प्रयोग गरिने अध्यक्ष थापाले बताए।

    गाउँपालिकाले उत्पादन गरेको खाँदा, गलैँचा, मायाको चिनोसहित आगामी दिनमा फाइबरको झोला बनाउने तयारी गरेको छ। यहाँ उत्पादन भएका सामग्री गाउँपालिका आफैँले प्रयोग गर्ने र अन्यत्र पनि पठाउँदै आएको छ।गाउँपालिकाले दैनिक ज्यालादारी उपलब्ध गराउने गरी सात जनालाई रोजगारी समेत दिएको छ। केराको फाइबरबाट बनाइएका हस्तकलाका सामग्रीको प्रयोगकर्ता बढ्दै गएका छन्। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend