images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३.१४ अंकको सुधार, ८ अर्ब...

नेप्सेमा ३.१४ अंकको सुधार, ८ अर्ब ६२ करोडको कारोबार

नेप्सेमा ३.१४ अंकको सुधार, ८ अर्ब ६२ करोडको कारोबार

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।

    images
    images

    नेप्सेका अनुसार आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १५८ को घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, वीन नेपाल लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।

    images
    images

    बिहीबारको कारोबारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ । गरिमा समृद्धि योजनाको शेयरमूल्य पनि आज ७.७० प्रतिशतले घटेको छ ।

    नेपाल रिपब्लिक कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend