images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच ऋण सम्झौता

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

    यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सर्भिसलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । उक्त सम्झौतामा बैंक सीईओ निश्चलराज पाण्डे र ब्रिटिस इन्टरनेट इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले य हस्ताक्षर गरेका छन् ।

    images
    images

    यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास छ । देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२६ वटा एटिएमहरु संचालनमा रहेको बैंकले उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend