images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • ग्रामिण भेगमा कुखुराको चल्ला तस्करी बढयो,...

ग्रामिण भेगमा कुखुराको चल्ला तस्करी बढयो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

ग्रामिण भेगमा कुखुराको चल्ला तस्करी बढयो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • रौतहट । रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ । भारतिय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो । 

    images
    images

    यहि क्रममा रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध पमा नेपाल ल्याईएको ब्रोइलर कुखुराको चल्लालाई बरामद गरी नष्ट गरेको छ ।प्रहरी चौकी मौतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बरामद गरि मंगलबार बिहान नष्ट गरेको हो । भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको १ हजार ४ सय थान कुखुराको चल्लाहरू खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिपक कुमार रायले बताए । 

    सिमावती क्षेत्रमा कडाइ गरेपछि कुखुरा र कुखुराका चल्ला बरामद हुन थालेको उनले बताए । भारतबाट नेपालमा बैधानिक तरिकाले कुखुरा ल्याउँदा क्वारेन्टाइनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र ल्याउन पाउने नियम छ । भारतिय बजारबाट कुखुरा सजिलै ल्याउन नपाएपनि तस्करी गरेर ल्याउने गरेकाले मर्कामा परेको नेपालका कुखुरा पालक कृषकहरू बताउँछन् । 

    images
    images

    भारतीय बजारबाट नै कुखुरा ल्याएर रौतहटका विभिन्न बजारमा बिक्रि हुने गरेकाले यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको गुनासो कृषकको छ । नेपाल भन्दा भारतीय बजारमा कुखुरा सस्तो पर्छ । नेपाल–भारतको खुल्ला सिमनाका कारण रौतहटका कृषकले उत्पादन गरेका कुखुराले बजार पाउन सकेको छैन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend