images

२०८३ आश्विन १५ गते

images
images
images

नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार

नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । सरकारले बजारबाट नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउन लागेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै फागुन ८ गते यस्तो 'विकास ऋणपत्र २०९०' बिक्री खुला हुने उल्लेख गरेको छ। सरकारको ऋण व्यवस्थापन सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गरिरहेको छ।

    images
    images

    यो ऋणपत्रको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइट डिओएमएस डट जिओभी डट एनपीबाट आवेदन दिन सकिन्छ।यसमा बैंक तथा वित्तीय संस्था लगातका विभिन्न संस्था सहित नेपाली नागरिकले पनि आवेदन दिन पाउँछन्। 

    बैंक तथा वित्तीय संस्थाहरूले ८५ प्रतिशत बराबर ऋणपत्रमा र १५ प्रतिशत ऋणपत्रमा सर्वसाधारण नेपालीले आवदन दिनसक्छन्।यो ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने यस्तो ऋणपत्र बैंकहरूमा धितोमा राखेर कर्जा समेत लिन सकिने व्यवस्था छ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend