images

२०८३ आश्विन २४ गते

images
images
images

हट्दै टपरीको चलन, बिक्न छाड्यो भोजपत्र

हट्दै टपरीको चलन, बिक्न छाड्यो भोजपत्र

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • मधेशमा भोजभतेरमा प्रयोग गरिने भोजपत्र (भोर्लाको पात) बिक्न छाडेको छ । भोजपत्रका टपरीको चलन हट्दै गएपछि बिक्न छाडेको हो । पछिल्ला केही वर्षयता प्लाष्टिकका र कुटका थालीको प्रयोगले परम्परागत भोजपत्र विस्थापित गरेको छ । गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका वनमा भोजपत्र टिपेरै परिवारको गुजारा चलाउँदै आएका सर्वसाधारणको पेसा सङ्कटमा परेको छ ।

    images
    images

    'हाम्रो परिवारले भोर्लाको पात बेचेर गुजारा गर्दै आएको थियो,' बर्दिबास–१० खयरमारा झ्याउरेभाङ्रेकी फूलमाया तामाङले भनिन्, 'पहिले पात बेचेरै वर्षभरिको जिविकामा भरथेग थियो, अब पात खोज्न कोही आउँदैनन् ।' फूलमायामात्र नभएर वनक्षेत्र नजिकका धेरै गरिब परिवारको भोजपत्र आम्दानीको स्रोत थियो । वनमा भोर्लाका पात टिपेर घर ल्याउनासाथ व्यापारी आएर घरबाटै लाने गर्थे । अहिले व्यापारी आउनै छाडेको गौशाला–८ ढल्केबरकी मनमाया ल्हायो बताउँछिन् ।

    'न रुख काटिने, न नोक्सान हुने, पात टिपेर ल्याएपछि नगदमै बिक्थ्यो,' ल्हायो भन्छिन्, 'भोर्लाको पात बिक्न छाडेपछि हामीजस्ता गरिबलाई गुजारामा असर परेको छ ।' पात टिप्नेमात्र नभएर भोजपत्रका व्यापारीको पनि व्यापार बन्द भएको छ । मधेसका सबैजसो जिल्ला र भारतका झञ्झारपुर, मधुवनी, सीतामढी, मुजफ्फरपुर, शिवहर र पूर्वी तथा पश्चिमी चम्पारनसहित जिल्लाका गाउँगाउँमा यताबाटै लैजाने भोजपत्रका टपरीले भोजभतेर धान्दै आएको थियो । 

    images
    images

    केही वर्षयता भोजभतेरमा प्लाष्टिक तथा कुटका टपरी चल्न थालेपछि भोजपत्रको कारोबार बन्द भएको भङ्गाहा–४ का रामप्रताप साह बताउँछन् ।भोजपत्र (भोर्ला) टपरी बनाउन उपयोगी भए पनि यो मिचाहा प्रजातिकै वनस्पति भएको वनस्पतिविज्ञ हेमन्तप्रसाद साहको भनाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend