images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • नेपाल आयो ‘फ्याब लिक्विड डिटर्जेन्ट’, १०...

नेपाल आयो ‘फ्याब लिक्विड डिटर्जेन्ट’, १० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य

नेपाल आयो ‘फ्याब लिक्विड डिटर्जेन्ट’, १० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । भारतको चर्चित व्यापारिक कम्पनी ‘गोदरेज’ ले नेपाली बजारमा नयाँ डिटर्जेन्ट ब्रान्ड ल्याएको छ ।गोदरेजले नेपाली बजारमा सुलभ मूल्यमा ‘फ्याब लिक्विड डिटर्जेन्ट’ सार्वजनिक गरेको हो ।गोदरेजले अन्य प्रतिस्पर्धी डिटर्जेन्ट (सर्फ) भन्दा सस्तोमा लिक्विड डिटर्जेन्ट ल्याएको हो । एक किलो पाउडरले काम गर्नेभन्दा एक लिटर लिक्विड डिटर्जेन्टले काम धेरै गर्ने कम्पनीको भनाइ छ ।

    images
    images

    गोदेरेजले ल्याएको फ्याब डिटर्जेन्टमा लिक्विडतर्फ सबैभन्दा ठूलो ‘लन्च’ मध्ये एक हो । प्रतिस्पर्धी कम्पनीका तुलनामा यो प्रिमियम गुणस्तर उत्पादन र मूल्यका तुलनामा झन्डै आधामा आउने गरी ल्याउँदा नेपाली उपभोक्तालाई राहत पुग्ने गोदरेजले जनाएको छ ।गोदरेज फ्याबले दक्षिण भारतीय बजारमा उल्लेख्य सफलता पाइसकेको छ । अहिले नेपाली उपभोक्ताले समेत रुचाउन सुरु गरेको गोदरेजका नेपाल प्रमुख आकाश सिंगाहीले बताए ।गोदरेज फ्याब डिटर्जेन्ट काठमाडौं, बिगमार्ट, दराज, भाटभटेनीका आउटलेटहरूमा आइसकेको उनले जानकारी दिए ।यो लिक्विड डिटर्जेन्ट हातले धुँदा बकेट, बाल्टी र वासिङ मेसिनमा राम्ररी घुल्छ । अन्य पाउडर सर्फ दानादाना हुन्छन् । तर, यो सजिलैै घुल्छ । पाउडरको भन्दा धेरै नै काम गर्छ । यसले राम्रो फिँज निकाल्ने र कडा दाग पनि सजिलै मेटाउँछ ।नेपाली बजारमा दराज अनलाइनमा लन्च भएको दुई महिनाभित्र फ्याबले ४.६ रेटिङका साथ राम्रो बिक्री पाइरहेको कम्पनीको भनाइ छ ।

    कम्पनीले फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता डिजिटल प्लेटफर्महरूमा नीति शाह, करिश्मा केसी, पुरु सिग्देल लगायतका कन्टेन्ट क्रिएटरहरूसँग प्रचारको काम पनि गरिसकेको छ ।गोदरेज चार दशकभन्दा बढी समयदेखि लिक्विड डिटर्जेन्ट ल्याउने कम्पनी हो । यसले सन् १९८३ मा ‘इजी’ ब्रान्डमा नरम कपडा र जाडो यामका कपडाका लागि लिक्विड सार्वजनिक गरेको थियो ।

    images
    images

    यस्ता छन् फ्याब डिटर्जेन्टका विशेषता

    गोदरेजले उच्च प्रविधि प्रयोग र अनुसन्धान गरेर ल्याएको फ्याब डिटर्जेन्टको मुख्य विशेषता भनेको यो सस्तो र गुणस्तरीय नै हो । ‘हामीले विभिन्न रिसर्च र प्रविधि प्रयोग गरेर यो स्तरको बनाएका हौं,’ सिंगाहीले भने ।उनका अनुसार यो लिक्विड डिटर्जेन्ट हातले धुँदा बकेट, बाल्टी र वासिङ मेसिनमा राम्ररी घुल्छ ।‘अन्य पाउडर सर्फ दानादाना हुन्छन् । तर, यो सजिलैै घुल्छ । पाउडरको भन्दा धेरै नै काम गर्छ । यसले राम्रो फिँज निकाल्ने र कडा दाग पनि सजिलै मेटाउँछ,’ उनी भन्छन् ।सस्तो सर्फ कडा हुने भए पनि हानिकारक हुने उनले बताए । तर, फ्याबमा भने नरम र सफा बनाउने केमिकल प्रयोग भएको हुन्छ ।

    ‘जति सस्तो सर्फ छ, त्यति चाँडै कपडा फाट्छ किनभने सस्ता केमिकलले कडा बनाउँछ, जसले कपडा छिट्टै फाट्छ । हाम्रो लिक्विड एकदम नरम छ । पाउडर भन्दा राम्ररी घुल्छ र तुरुन्तै घुल्छ,’ उनले भने, ‘अर्को कुरा, यसले निकाल्ने फिँज पाउडरको भन्दा धरै राम्रो छ । जसका कारण कपडा सफा हुन मद्दत गर्छ । मुख्य कुरा यही क्वालिटीका अन्य डिटर्जेन्टको मूल्य हाम्रोभन्दा दोब्बर छ ।’नेपालमा १३ अर्ब रुपैयाँ बराबरको डिर्टजेन्ट बजार छ । यसमा ब्रान्डेड कम्पनीका ३ देखि ४ अर्बको बजार छ । बाँकी साना ब्रान्ड, नन ब्रान्डेड छन् ।गोदरेजको लिक्विड डिटर्जेन्ट फ्याब अन्य डिटर्जेन्ट भन्दा ब्लाइन्ड टेस्टमा सबैभन्दा माथि रहेको कम्पनीको दाबी छ ।‘हामीलाई के विश्वास छ भने फ्याब लिक्विडले नपाली उपभोक्ताको मन जित्छ । गोदरेज कम्पनी रिसर्चमा पनि धेरै अगाडि छ,’ उनले भने, ‘हामीले उच्च प्रविधि प्रयोग गरेर सुगन्धका केमिकल हालेका छौं । जुन स्वास्थ्यलाई प्रतिकूल हुँदैन ।’

    नेपाली बजारमा उत्साहजनक प्रतिक्रिया

    गोदरेजका अनुसार नेपालभित्र पनि बजारमा उत्साहजनक प्रतिक्रिया आइरहेको छ ।‘हामीले बिस्तारै वार्षिक ५०–६० करोडको बजार विस्तार हुने देखेका छौं । हाम्रो उच्च गुणस्तरको डिटर्जेन्ट सुलभमा पाएपछि हाम्रा कारण अन्य सर्फले पनि बजार मूल्य घटाएका छन्,’ सिंगाही भन्छन् ।उनका अनुसार नेपालमा १३ अर्ब रुपैयाँ बराबरको डिर्टजेन्ट बजार छ । यसमा ब्रान्डेड कम्पनीका ३ देखि ४ अर्बको बजार छ । बाँकी साना ब्रान्ड, नन ब्रान्डेड छन् । औपचारिक रूपमा देखिने बजार ६ देखि ७ अर्ब मात्रै रहेको उनले बताए ।

    ‘हामी नेपालमा १० प्रतिशत बजार हिस्सा तत्काल लिन सक्छौं भन्ने लागेको छ । यसको प्याकेजिङ पनि वैज्ञानिक ढंगबाट गरिएको छ,’ उनले भने, ‘बोतलमा नभई तेलको जस्तै तर खोल्न र बन्द गर्न मिल्ने प्याकेटमा हुन्छ । जसका कारण लामो समय डिर्टजेन्ट प्रयोग गर्दै राख्दै गर्न सकिन्छ ।’यो एकचोटि खोलेर दुई वर्षसम्म बन्द गरेर राखे पनि गुणस्तर नघट्ने कम्पनीको दाबी छ ।यसमा कम केमिकल र उच्च प्रविधि प्रयोग भएको छ । यसको प्याकेटमा कम प्लास्टिक प्रयोग हुने भएकाले वातावरणमा पनि धेरै असर नगर्ने सिंगाहीको दाबी छ ।

    विशेष अफर

    अहिले फ्याब खरिदमा डिस्काउन्ट अफर चलिरहेको छ । ‘मूल्य २ स ५० हो, अहिले नेपालमा विशेष अफर रहेकाले २ सयमा आउँछ । त्यसमा पनि एयर पकेट सित्तैँमा आउँछ,’ उनले भने ।गोदरेजले साङ्ला, किरा मार्ने हिट, लामखुट्टे भगाउने गुडनाइट, बाथरुममा प्रयोग हुने एयर पकेट, रुम स्प्रे, रोज वाटर, कपालमा हाल्ने मेहेन्दी लगायत उत्पादन गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend