images

२०८३ आश्विन २५ गते

images
images
images

६३ खर्ब नाघ्यो बैंकिङ क्षेत्रमा निक्षेप, साढे ५१ खर्बमा ऋण प्रवाह सीमित

६३ खर्ब नाघ्यो बैंकिङ क्षेत्रमा निक्षेप, साढे ५१ खर्बमा ऋण प्रवाह सीमित

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्म ६३ खर्ब बढी निक्षेप पुगेको छ तर, ऋण प्रवाह भने साढे ५१ खर्बमा सीमित रहेको छ ।

    images
    images

    नेपाल राष्ट बैंकका अनुसार असार १६ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब ३५ अर्ब निक्षेप पुगेको छ । तर, ती संस्थाहरुबाट सो अवधिसम्म ऋण प्रवाह भने ५१ खर्ब ४९ अर्बमात्रै भएको छ ।

    तथ्यांकअनुसार सो अवधिसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै, अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा भने ७ खर्ब २२ अर्ब निक्षे संकलन भएको देखिन्छ ।

    images
    images

    असार १५ गतेदेखि १६ गतेसम्म वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप थपिएको थियो भने लगानी ३ अर्बले मात्रै वृद्धि भएको थियो । त्यस्तै सोही एक दिनको अवधिमा अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्ब निक्षेप थपिएको तर ऋण प्रवाह भने हुन नसकेको देखिएको छ ।

    जसले बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा ऋण प्रवाहमा सुधार हुन नसकेको देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ । तर, असार १६ गतेसम्मको अवस्थामा लगानीमा सुधार हुन नसक्दा बैंकिङ क्षेत्रले औसत ७९.१८ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।

    निक्षेपमा वृद्धि हुने र तुलनात्मक रुपमा कर्जाको मागमा कमी आउँदा बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका छन् ।

    फागुन महिनामा औसत ८.१५ रहेको वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर असार महिनामा आइपुग्दा ६.९६ मा झरेको छ । त्यस्तै, असार १८ गतेसम्मको अन्तरबैंक ब्याजदरपनि २.९९ प्रतिशत रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend