images

२०८३ आश्विन २२ गते

images
images
images

त्रिविको २०८३/८४ को बजेट ३० अर्ब ८७ करोड, अघिल्लो वर्षभन्दा ९.७७ प्रतिशत बढी

त्रिविको २०८३/८४ को बजेट ३० अर्ब ८७ करोड, अघिल्लो वर्षभन्दा ९.७७ प्रतिशत बढी

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अरब ८७ करोड ११ लाख ०८ हजारको बजेट पारित गरेको छ । सिनेटबाट पारित  यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो। कुल प्रस्तावित बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अरब २४ करोड २७ लाख ०५ हजार त्रि।वि।को आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत अर्थात् रु. १५ अरब ६२ करोड ८४ लाख ०३ हजार नेपाल सरकारको बजेटबाट व्यहोरिने प्रक्षेपण गरिएको छ।बजेटको विनियोजनअनुसार साधारण सञ्चालन खर्चतर्फ ८६.१४ प्रतिशत र पुँजीगत खर्चतर्फ १३.८६ प्रतिशत रकम छुट्टाइएको छ। साथै, प्राध्यापक तथा कर्मचारीहरूलाई प्रविधिमैत्री बनाउन र दक्षता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी शीर्षकमा रु। २१ करोड ७७ लाख ८९ हजार विनियोजन गरिएको छ।  

    images
    images

    ​अर्कोतर्फ, नेपाल सरकारबाट यस आर्थिक वर्षमा विनियोजित अनुदान रकम गत वर्षको तुलनामा रु. ४ अरब ९० करोड कम भएपछि विश्वविद्यालयले वित्तीय सङ्कटको सामना गर्नुपर्ने अवस्था देखिएको छ। राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता व्यवस्थापन गर्नका लागि समेत गरी कुल रु.८ अरब ३१ करोड ७७ लाख ४७ हजार बजेट न्यून (अपुग) हुने त्रि.वि.ले जनाएको छ।यो अपुग रकम प्राप्त नभएमा अनिवार्य दायित्व शीर्षकअन्तर्गतका खर्चहरूसमेत व्यहोर्न नसकिने स्थिति आउने भएकाले आवश्यक रकमको व्यवस्था मिलाइदिन त्रि।वि।का कुलपति एवं प्रधानमन्त्री समक्ष आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend