images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण : बाढी...

अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण : बाढी पुनर्निर्माणदेखि एआई लगानीसम्म छलफल

अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण : बाढी पुनर्निर्माणदेखि एआई लगानीसम्म छलफल

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने अमेरिका भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा विश्व बैंकका अध्यक्ष बाङ्गासँग भेटवार्ता गरेका थिए।भेटमा हालै रसुवा र भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, राहत तथा आर्थिक सुधारका कार्यक्रम, बीमा र सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनको सम्भावनाबारे छलफल भएको थियो।

    images
    images

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष जहानस जटसँग पनि भेट गरेका थिए। बैंकले सन् २०२६ अक्टोबरमा प्रकाशन गर्ने ‘साउथ एसिया इकोनोमिक अपडेट’ सम्बन्धी कार्यक्रममा सहभागी हुँदै उनले दक्षिण एसियाको आर्थिक अवस्था, नीतिगत प्राथमिकता तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का प्रभाव र सम्भावनाबारे छलफल गरेका थिए।त्यस्तै, अर्थमन्त्री वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) लगायत अमेरिकी संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग विभिन्न विषयमा छलफल गरेका थिए। उनले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा उल्लेख्य विदेशी लगानी गरिरहेको फायरबर्ड एआईका संस्थापक, एनभिडियाका प्रतिधि तथा हार्वर्ड विश्वविद्यालयको ग्रोथ ल्याबका नीति अनुसन्धानकर्ता र बौद्धिक समूहसँग पनि भेटवार्ता गरेका थिए।भ्रमणका क्रममा नेपालको आर्थिक पुनर्निर्माण, लगानी विस्तार, प्रविधि तथा एआईको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विभिन्न पक्षसँग छलफल भएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend