images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • लुम्बिनीमा स्क्रब टाइफस र डेंगु संक्रमण...

लुम्बिनीमा स्क्रब टाइफस र डेंगु संक्रमण बढ्दो, ९ महिनामा १,०५८ जनामा पुष्टि

लुम्बिनीमा स्क्रब टाइफस र डेंगु संक्रमण बढ्दो, ९ महिनामा १,०५८ जनामा पुष्टि

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण देखिने क्रम बढेको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार पछिल्लो ९ महिनामा प्रदेशका १२ जिल्लामा स्क्रब टाइफसको शंकामा २ हजार ७८० जनाको परीक्षण गरिएकोमा २३१ जनामा संक्रमण पुष्टि भएको छ।स्क्रब टाइफसका शंकास्पद बिरामी सबैभन्दा धेरै दाङमा भेटिएका छन्। दाङमा ६२४ जनामा लक्षण देखिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा ३९६ मध्ये २२ जना र बर्दियामा ३२४ मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

    images
    images

    त्यस्तै, रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९ र रूपन्देहीमा २१६ जनामा स्क्रब टाइफसको शंका गरिएको छ। रूपन्देहीमा १४ जनामा संक्रमण पुष्टि भएको छ।कपिलवस्तुमा ४८ जनामध्ये तीन, नवलपरासी पश्चिममा ६९ मध्ये चार, प्युठानमा ४७ मध्ये तीन र रुकुम पूर्वमा ७५ मध्ये दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। बाँकेमा १७८ जनामा लक्षण देखिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।यसैगरी, प्रदेशमा डेंगुको संक्रमण पनि देखिएको छ। पछिल्लो नौ महिनामा ८४६ जनामा डेंगुको शंका गरिएकोमा ८२७ जनामा संक्रमण पुष्टि भएको छ।डेंगु संक्रमण सबैभन्दा धेरै पाल्पामा देखिएको छ। पाल्पामा २५१ जनामा संक्रमण पुष्टि भएको छ। दाङमा १७८ जनामध्ये १६३, अर्घाखाँचीमा ४८ मध्ये ४५ र अन्य जिल्लामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

    रूपन्देहीमा १२८, गुल्मीमा ६५, नवलपरासी पश्चिममा ६३, बर्दियामा ३१, बाँकेमा २६, कपिलवस्तुमा २५, प्युठानमा १६, रोल्पामा नौ र रुकुम पूर्वमा पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीले रातोपाटीलाई बताए।कार्कीका अनुसार विगतको तुलनामा अहिले दुवै रोगको संक्रमण देखिने क्रम बढेको छ। संक्रमणको जोखिम रहेका क्षेत्रमा परीक्षण तथा नियन्त्रणका उपायलाई प्राथमिकता दिइएको उनले बताए ।चिकित्सकका अनुसार स्क्रब टाइफस र डेंगु दुवै समयमै पहिचान र उपचार गर्नुपर्ने रोग हुन्। स्क्रब टाइफस संक्रमित किर्नाको टोकाइबाट सर्छ भने डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिन्छ।कार्कीले स्क्रब टाइफसको जोखिमबाट बच्न झाडी तथा घाँस सफा राख्न र खेतबारी तथा झाडीमा काम गर्दा सावधानी अपनाउन सुझाव दिए। स्थानीय तहहरूले पनि आ–आफ्नो क्षेत्रमा रोग नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको उनले बताए।स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलका निर्देशक डा. राजेन्द्र गिरीले संक्रमण बढी देखिएका स्थानमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्क्रब टाइफस र डेंगु परीक्षणका किट पठाइएको बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend