images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • नेपालका लागि भारतले सुधाकर दलेलालाई प्रस्ताव...

नेपालका लागि भारतले सुधाकर दलेलालाई प्रस्ताव गर्‍यो नयाँ राजदूत

नेपालका लागि भारतले सुधाकर दलेलालाई प्रस्ताव गर्‍यो नयाँ राजदूत

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । भारतले नेपालका लागि आफ्नो राजदूतमा सुधाकर दलेलाको नाम पठाएको छ । भारत सरकारले विदेश मन्त्रालयका सचिव (अर्थ सम्बन्ध) देलेलाको नाम प्रस्तावित राजदूतका रूपमा नेपाल सरकारलाई पठाएको हो ।एग्रिमोका लागि पठाएको नामबारे परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एग्रिमोका लागि प्राप्त पत्रको बारेमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत अन्य सम्बन्धित निकायलाई जानकारी गराउने काम भइरहेको छ ।

    images
    images

    ती निकायले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले एउटा निर्णयसहितको एग्रिमो स्विकृत भएको पत्र भारतलाई पठाउने छ । त्यसपछि बल्ल दलेलाले राजदूतका रूपमा आफ्नो कार्यभार सम्हाल्ने छन् । यो प्रक्रिया पूरा गर्न बढीमा एक महिना लाग्ने परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए ।नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको हो । दलेला सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका हुन् । उनले ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् ।उनी भुटानमा भारतीय राजदूतको रुपमा पनि काम गरेर २०२५ सेप्टेम्बरदेखि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा निर्देशकको रुपमा काम गरिसकेका उनले भारतीय विदेश मन्त्रालयमा डाइरेक्टर (उत्तर) (२००६–२००७) र पछि सहसचिव (उत्तर) (२०१६–२०१९) को रूपमा भुटान र नेपाल पनि हेरेका छन् ।

    व्यापार तथा आर्थिक नीतिको क्षेत्रका अनुभवी उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशकको रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठनका लागि भारतीय स्थायी नियोगमा दुई पटक सेवा गरिसकेका छन् ।दलेलाले अमेरिकामा विभिन्न पदमा सेवा गरेका छन् । सिकागोमा भारतको महावाणिज्यदूत, वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिला तथा डेपुटी चीफ अफ मिसन रुपमा उनी काम गरिसकेका छन् ।उनले भारतको आर्थिक कूटनीति, ‘ग्लोबल साउथ’का देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध, र नयाँ तथा उदीयमान रणनीतिक कार्यहरु हेर्ने गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।इलेक्ट्रोनिक्सइन्जिनियरिङमा स्नातक गरेका उनकी श्रीमती संरक्षणविद् हुन् । उनका एक छोरी अदिति र एक छोरा अनन्त छन् ।भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिको क्षेत्रमा भारतले नेपालसँग विभिन्न परियोजनामा काम गरिरहेको कारण अर्थ विज्ञलाई राजदूतको रुपमा पठाएको जानकारहरू बताउछन् । दलेला इलेक्ट्रोनिक्स इन्जिनियर भए पनि उनी अर्थ मामिलामा दखल राख्ने गरेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend