images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • अंगुरको मूल्य घट्यो, अब एक किलो...

अंगुरको मूल्य घट्यो, अब एक किलो अंगुरलाई कति पर्छ?

अंगुरको मूल्य घट्यो, अब एक किलो अंगुरलाई कति पर्छ?

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • बजारमा अंगुरको मूल्य घटेको छ।सिजन सुरू भएसँगै अंगुरको मूल्य घट्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।

    images
    images

    'अंगुरको सिजन सुरू भयो। मूल्य घट्दै जान्छ,' उनले भने।बजारमा अंगुर कालो र हरियो गरी दुई प्रकारका पाइन्छन्।उनका अनुसार अंगुरको मूल्य घट्न थालेको दुई/तीन दिन भयो। हाल बजामार कालो अंगुर प्रतिथोक मूल्य एक सय ७० देखि ७५ रूपैयाँमा कारोबार भइरहेको छ भने हरियो अंगुर प्रतिकिलो एक सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 

    यस अघि हरियो अंगुरको होलसेल मूल्य दुई सय थियो भने कालो अंगुर प्रतिकिलो तीन सयमा कारोबार भइरहको थियो। फागुन लागेसँगै अंगुरको मूल्य घट्न थालेको छ।पुस लागेदेखिनै बजारमा अंगुर आउन थालेको थियो। उक्त समयमा अंगुर दुई सय ५० देखि तीन सय ५० रूपैयाँसम्म होलसेल कारोबार भइरहेको थियो।

    images
    images

    अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले उत्पादन गरे पनि स्थानीयस्तरमै बिक्री हुन्छ। उक्त उत्पादन काठमाडौं लगायत मुख्य सहरहरूमा पुग्दैन।यहाँ छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट अंगुर आउँछ। महाराष्ट्र, गुजरात, बैंगलोर लगायतका क्षेत्रमा ठूलो मात्रामा अंगुर उत्पादन हुने गरेको छ।होलसेल मूल्य घटेसँगै अंगुरको उपभोक्ता मूल्य पनि घटेको छ। हाल उपभोक्तालाई अंगुर प्रतिकिलो एक  सय ८० दुई सय २० रूपैयाँसम्म बिक्री भइरहेको छ।

    तुलनात्मक रूपमा अन्य फलफूलको तुलनामा अंगुर छिटो बिग्रिने भएकाले खुद्रा व्यापारीले धेरै मूल्य राख्ने गरेको उनले जानकारी दिए।'झुप्पाबाट झर्छ, बिग्रिन्छ। त्यो भएर खुद्रा मूल्य बढी नै राखिएको हुन्छ,' उनले भने।उनका अनुसार फागनुदेखि जेठसम्म अंगुरको मुख्य सिजन हो। सिजनमा सबै क्षेत्रका अंगुर गुलियो र मिठो हुन्छ भने अफ सिजनको अंगुरमा हावापानी अनुसार स्वाद फरक पर्ने हुन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend