images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • उच्च पहाडी तथा हिमाली स्थानमा हल्का...

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात, यस्तो रहनेछ देशभरको मौसम

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपात, यस्तो रहनेछ देशभरको मौसम

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    images
    images

    यतिबेला (शुक्रबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

    आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    images
    images

    महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको परामर्शमा भनिएको छ, ‘आज कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

    11_0d3NnkLfJ6.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend