images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • रायन इनर्जीले आइपीओ ल्याउन ग्लोबल आइएमईसँग...

रायन इनर्जीले आइपीओ ल्याउन ग्लोबल आइएमईसँग गर्‍यो सम्झौता

रायन इनर्जीले आइपीओ ल्याउन ग्लोबल आइएमईसँग गर्‍यो सम्झौता

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्कासनसम्बन्धी सेवाको लागि रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच ‘बिजनेस कन्सेप्ट टु लिस्टिङ’अन्तर्गत द्विपक्षीय सम्झौता भएको छ।माघ २९ गते मंगलबारका दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा रायन इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक दिपककुमार रौनियार र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

    images
    images

    नेपालका अग्रणी नवीकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई तथा तीनपांग्रे विद्युतीय सवारीसाधनको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम् र सञ्चालन प्रणाली एकीकृत गर्ने तथा नेपालको यातायात क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित रायन इनर्जीले आगामी आर्थिक वर्ष २०८२।८३ भित्र प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरेको छ। २०७७ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रालिका रूपमा दर्ता भएको रायन इनर्जीको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको दरबारमार्ग रहेको छ।

    कम्पनीले मिति २०७८ साल पौषमा उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक सवारीसाधन (दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे) एसेम्बल गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो। यो कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका सक्रिय उत्साही व्यवसायी तथा विभिन्न क्षेत्रमा अनुभवी व्यक्ति समूहद्वारा स्थापित व्यावसायिक संस्था हो। यस समूहले एसेम्ब्ली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा सहरी विद्युतीकरणको साथै सौर्य सिँचाइ, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ। यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिइएको छ।

    images
    images

    कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दिगो यातायात प्रवर्द्धन गर्न प्रतिबद्ध रहनुका साथै बजारमैत्री विद्युतीय सवारीसाधनको निर्माण तथा डिजाइन, विकास तथा एसेम्बलीमार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्कृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्धतासहित स्वच्छ तथा दिगो यातायात प्रणाली विकासमा कटिबद्ध रही कार्य गर्ने लक्ष्य राखेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend