images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • कालीकोटस्थित विद्यालयमा सानिमा बैंकले हस्तान्तरण...

कालीकोटस्थित विद्यालयमा सानिमा बैंकले हस्तान्तरण गर्‍यो न्यानो लुगा

कालीकोटस्थित विद्यालयमा सानिमा बैंकले हस्तान्तरण गर्‍यो न्यानो लुगा

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । सानिमा बैंकको कालीकोटस्थित मान्म शाखाले खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित  चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ।
     
    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
     
    कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरिएको हो।चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकको भनाइ छ।
     
    बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ। 
     

     

    images
    images
     



    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालय र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend