images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • रायन इनर्जी आइपिओ निष्कासन गर्दै, बिक्री...

रायन इनर्जी आइपिओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

रायन इनर्जी आइपिओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । नेपालका अग्रणी तीनपांग्रे सवारीसाधन निर्माता रायन इनर्जीले अब आइपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आइपीओको धितोपत्र बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

    images
    images

    धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा माघ २९ गते मंगलबार हस्ताक्षर हुँदैछ। हस्ताक्षर कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा राखिएको छ। कार्यक्रम दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ।

    सम्झौतापछि ग्लोबल आइएमई बैंकले रायन इनर्जीको संस्थागत परामर्शदाता रुपमा रहँदै आइपीओ ल्याउनेदेखि सूचीकृत गर्नेसम्मको काम गर्नेछ।

    images
    images

    रायन इनर्जी नेपालमा तीनपांग्रे सवारीसाधनको एसेम्बल गर्छ। नेपालमा बढ्दो दिगो यातायात सेवाका लागि यो कम्पनीले ब्याट्री स्वाप टेक्नोलोजी र परिचालन प्रवर्तन सेवा उपलब्ध गराउँदै आएको छ।

    कार्यक्रममा रायन इनर्जीको उद्देश्यमाथि प्रकाश पारिनेछ। यो सम्झौता हरित भविष्यका लागि एउटा कोशेढुंगा हुने कम्पनीको विश्वास छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend