images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमै २.२९ अंकले ...

प्रिओपन सेसनमै २.२९ अंकले घट्यो नेप्से

प्रिओपन सेसनमै २.२९ अंकले घट्यो नेप्से

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकको गिरावट आएको छ । प्रिसेसनमा २.२९ अंकले घट्दै नेप्से २६९७.५१ को बिन्दुमा झरेको छ ।

    images
    images

    यो सेसनमा कारोबारमा आएका ७२ कम्पनीमध्ये ३४ को मूल्य घट्दा ३२ को मूल्य बढ्यो । ६ कम्पनीको भने स्थिर रह्यो ।यो सेसनमा बैंकिङ र हाइड्रो समूहको उच्च कारोबार भयो ।९७ हजार १७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमाथिको भयो ।

    यसअघि गत साताको अन्तिम तीन कारोबार दिन नेप्सेमा लगातार गिरावट आएको थियो । मंगलबार १४.०८ अंकले घटेको नेप्से बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले घटेको थियो ।तीन कारोबार दिनकै बिचमा ३१ अंकले घट्दै नेप्से २६९९.८१ को बिन्दुमा ओर्लिएको थियो ।लगातार गिरावट आएपनि नेप्सेमा कारोबार रकम घटेको थिएन । तीन दिनकै बिच साढे २६ अर्बमाथिको कारोबार भएको थियो ।

    images
    images

    आजको प्रिसेसनको कारोबारले पनि लगानीकर्ता उच्च सक्रिय भएको देखाउँछ । जसले बजारको बढ्ने नै सम्भावनालाई दर्शाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend