images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आउने भएको छ। कम्पनीको आइपीओ शुक्रबार सूचीकृत भए पनि कारोबार नहुने भएकाले अब आज आइतबारदेखि यसको शेयर दोस्रो बजारमा कारोबार हुनेछ।

    images
    images

    नेप्सेमा गार्डियन माइक्रो लाइफको कुल ७५ लाख कित्ता शेयर बिक्री सूचीकृत भएको छ, जसमा संस्थापकको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता रहेको छ। यो शेयर नेप्सेमा ‘जीएमएलआई’ संकेतको साथ कारोबार हुने छ।

    कम्पनीको शेयरको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ। यसरी तोकिएको रेन्जभित्र आजको प्रि-सेसनको शेयर किनबेचपछि मात्र नियमित कारोबार सत्रको लागि शेयरको व्यापार सुरु हुनेछ।

    images
    images

    यो कम्पनीले आफ्नो आइपीओ गत पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको थियो। आइपीओको बाँडफाँट माघ ६ गते सम्पन्न भएको थियो।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरको कारोबार सुरु हुनु वित्तीय बजारमा नयाँ उत्साह र उत्सवको संकेत हो। कम्पनीको शेयर बजारमा प्रवेशले लगानीकर्ताहरूको लागि नयाँ अवसर र समृद्धि ल्याउने अपेक्षा गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend