images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी...

सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

सूर्य नेपालले ल्यायो सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । सूर्य नेपालले सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज बजारमा ल्याएको छ।कम्पनीले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको हो।

    images
    images

    यसै क्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ।सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याइरहेको छ।

    यसै क्रममा उच्चकोटीका सामग्रीहरूमा कफी र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफीका पारखीहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ।सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिइएको छ।

    images
    images

    सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरूमा उपलब्ध छ। यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रूपैयाँ रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend