images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई...

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्य मन्त्री पौडेल

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्य मन्त्री पौडेल

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताउनुभएको छ ।

    images
    images

    विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    “कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ,” मन्त्री पौडेलले भन्नुभयो, “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अब देखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हुन्छ । कारबाहीको भागिदार हुन्छ ।”

    images
    images

    सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँ सम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै उहाँले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्ने बताउनुभयो ।

    स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नु पर्नेमा जोड दिँदै मन्त्री पौडेलले भन्नुभयो, “सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा झुटो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए रू ५० रूपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रूपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तर बिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रवृत्ति अब रोकिनुपर्छ ।”

    मन्त्री पौडेलले नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गरी स्वास्थ्य बिमालाई रू एक लाखबाट बढाएर रू पाँच लाख बनाउने तयारी गरेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सुधार सम्बन्धी कार्य योजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बताउँदै उहाँले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्र रमण सिंह लगायतले बिरामीलाई कुनै पनि प्रकारको कष्ट नहुने गरि सेवा दिनुपर्ने बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend