images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा,...

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, शेयर धनीलाई प्राथमिकता

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, शेयर धनीलाई प्राथमिकता

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँः आजदेखि नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयर धनीहरूले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा पुस २३ गतेको सञ्चालक समितिको निर्णय अनुसार ६५ हजार ६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो।

    यो सेयर खरिदका लागि हाल बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्ने छन् । इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइ सक्नु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

    images
    images

    यदि उक्त मिति सम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक शेयर धनीले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा पुग्ने गरी आफूले लिन चाहेको सेयरको ब्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend