images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • अन्तिम दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा...

अन्तिम दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?

अन्तिम दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन हो।कम्पनीको आइपिओमा १६ करोड ४० लाख ८८ हजार रूपैयाँ बराबरको १६ लाख ४० हजार ८८० कित्ताको लागि आवेदन परेको छ।

    images
    images

    सिडिएस एण्ड क्लियरिङका अनुसार आज (मंगलबार) साँझ ५ बजेसम्म ५१ हजार ७९० जनाले आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ७.२९ गुणा बढी हो।कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। 

    images
    images

    सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend