images

२०८३ आश्विन २५ गते

images
images
images

सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा

सुनचाँदीको मूल्य लगातार बढ्दो क्रममा

images
images
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • सुनचाँदीको मूल्य, यो सातापनि सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन, सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ तोकिएको थियो । त्यसपछि, सुनको मुल्यमा विभिन्न उतार चढाव देखियो । सोमबार र मंगलबार भने सुनको मूल्यमा गिरावट देखिएको थियो । यद्धपी, बुधबार भने सुनको मूल्यमा भारी वृद्धि भएर प्रतितोला एक लाख ६० हजार ६०० रूपैयाँ पुग्यो । बिहीबार भने सुन सामान्य सस्तिएको थियो।

    तर, साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनको मूल्य महंगिएर प्रतितोला एक लाख ६० हजार ५०० रूपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले बढी हो।

    images
    images

    यसैगरी, महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको भाउ पनि महंगिएको छ । आइतबार प्रतितोला एक हजार ८६५ रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ९१५ रुपैयाँ पुग्यो । यसरी, साताभरमा चाँदी तोलामा ५० रूपैयाँले बढेको हो ।

    यसकारण बढ्दैछ सुनको भाउ

    ट्रम्प प्रशासनद्वारा लागू गरिएका नीतिहरुका कारण भूराजनीतिक अनिश्चिता बढिरहेको छ । सोहि कारण सुरक्षित लगानीका रुपमा लगानीकर्ता सुनतर्फ अकर्षित भइरहेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसरी, विश्व बजारमा सुनको माग वृद्धि भइरहेकोले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यवृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ ।

    अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा अमेरिकी डलरको विनिमय दर बढ्दा नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ ।

    शुक्रबार विश्व सुन बजारमा सुनको भाउ वृद्धि भयो । त्यसदिन, सुन प्रतिऔंस करिब १० डलरले बढेर प्रतिऔंस २ हजार ८०५ डलर बराबरमा कारोबार भयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend