images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि,सुन तोलामा २३...

सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि,सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो

सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि,सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं।  नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मात्र प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो।

    images
    images

    यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

    विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो। आगामी दिनमा मूल्यमा थप परिवर्तन आउने अनुमान गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend