images

२०८३ आश्विन १५ गते

images
images
images

छ महिनामा यातायात कार्यालयद्वारा रु २९ करोड एक लाख राजस्व सङ्कलन

छ महिनामा यातायात कार्यालयद्वारा रु २९ करोड एक लाख राजस्व सङ्कलन

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौँ । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक  लाख ७५ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

    कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट रु १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट रु चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट रु चार करोड ५६ लाख ७० हजार आठ सय ११, सङ्घीयता तर्फ रु एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ । 

    images
    images

    यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई–रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अबधीमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र ९लाईसेन्स० वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

    यस्तै सो अबधीमा दुई हजार नौ सय ८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दत्र्ता गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend