images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा कति पर्‍यो आवेदन?

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री खुला गरिरहेको छ।

    images
    images

    कम्पनीको आइपिओमा हालसम्म १४ करोड नौ लाख २३ हजार रूपैयाँ बराबरको १४ लाख नौ हजार २३० कित्ताको लागि आवेदन परेको छ।

    सिडिएस एण्ड क्लियरिङका अनुसार आज (बुधबार) दिउँसो १ बजेसम्म ४३ हजार ९३९ जनाले आवेदन दिएका छन्। 
    यो आवेदन मागभन्दा ६.२६ गुणा बढी हो।कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

    images
    images

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। 

    सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। माघ २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आइपिओमा आवेदन दिन सक्नेछन्।केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend