images

२०८३ आश्विन १५ गते

images
images
images

१० अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण लिँदै सरकार

१० अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण लिँदै सरकार

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सरकारले १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विकास ऋणपत्रको बोलकबोल हुने भएको छ । विकास ऋणपत्र बोलकबोल मार्फत १० वर्षको लागि आन्तरिक ऋण उठाउन लागिएको हो ।

    images
    images

    ऋणपत्र बोलबोल प्रक्रियाबाट निष्कासन हुने भएकोले बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकलाई कबोल पेश गर्न आह्वान गरिएको छ । विकास ऋणपत्र २०९१ नाम दिइएको उक्त ऋणपत्रमा मंगलबार बोलकबोल भएर १८ माघ शुक्रबार निष्कासन हुनेछ ।

    ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने र ब्याजमा कर लाग्नेछ । १८ माघ २०९१ मा ऋणपत्र परिपक्व हुनेछ । ऋणपत्र धितोमा राखेर कर्जा लिनदिन सक्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    images
    images

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निष्कासन हुने ऋणपत्रको ८५ प्रतिशतले हुने ८ अर्ब ५० करोड प्रतिस्पर्धी रुपमा र १५ प्रतिशतले हुने १ अर्ब ५० करोड अप्रतिस्पर्धी रुपमा बिक्री हुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend