images

२०८३ आश्विन १५ गते

images
images
images

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल बजेटको पाँच दशमलव ८३ प्रतिशत अर्थात् रु दुई अर्ब ४४ करोड ६० लाख मात्र खर्च भएको छ । जसमा पुँजीगततर्फ एक दशमलव ३३ प्रतिशत तथा चालुतर्फ १३ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

    images
    images

    मधेस सरकारले चालुतर्फ रु १५ अर्ब ३५ करोड ९१ लाख ४१ हजार र पुँजीगततर्फ रु २६ अर्ब ५७ करोड ४६ लाख ७९ हजार गरी कुल रु ४१ अर्ब ९३ करोड ३८ लाख २० हजार बराबरको बजेट विनियोजन गरेको थियो । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरणमा विगत ६ महिनामा मुख्यमन्त्री कार्यालयको रु चार करोड ७५ लाख, अर्थ मन्त्रालयको रु चार करोड पाँच लाख, वाणिज्य तथा पर्यटन मन्त्रालयको रु सात करोड ९९ लाख खर्च भएको छ । 

    त्यसैगरी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु १५ करोड ५२ लाख, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको रु २८ करोड ८६ लाख, गृह, सञ्चार तथा कानुन मन्त्रालयको रु तीन करोड ४८ लाख र वन तथा वातावरण मन्त्रालयको रु ३८ करोड तीन लाख खर्च भएको उल्लेख छ ।

    images
    images

    त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २४ करोड ८४ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयको रु १८ करोड १२ लाख, श्रम तथा यातायात मन्त्रालयको रु सात करोड ८३ लाख एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु ५७ करोड ६१ लाख बजेट खर्च भएको जनाइएको छ ।प्रतिशतका आधारमा मुख्यमन्त्री कार्यालयको ८ दशमलव ९६ प्रतिशत, अर्थ मन्त्रालयको १७ दशमलव ०६ प्रतिशत, उद्योग मन्त्रालयको दुई दशमलव ६८ प्रतिशत, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयको पाँच दशमलव ५६ प्रतिशत, ऊर्जा तथा सिँचाइ एवं खानेपानी मन्त्रालयको पाँच दशमलव ४९ प्रतिशत खर्च भएको छ । 

    त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्रालयको चार दशमलव ४९ प्रतिशत खर्च भएको देखिएको छ । वन तथा वातावरण मन्त्रालयको १५ दशमलव ६८ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक दशमलव ८८ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयको छ दशमलव १८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयको सात दशमलव ८३ तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ११ दशमलव ०४ प्रतिशत बजेट खर्च भएको उल्लेख छ ।

    राजनीतिक अस्थिरता तथा समयमा बजेट निकासा नहुँदा विनियोजित बजेट खर्च हुन नसकेको सम्बन्धित निकायले जनाएका छन् । जसपा नेपालका सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले सरकारको कमीकमजोरीले बजेट खर्चमा समस्या देखिएको बताए । बजेट खर्चका लागि प्रदेश सरकारले सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend