images

२०८३ आश्विन १९ गते

images
images
images

हामीले बनाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँःअर्थमन्त्री पौडेल

हामीले बनाएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँःअर्थमन्त्री पौडेल

images
images
शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।

    images
    images

    शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उनले यस्तो दाबी गरेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबार देखि लागू भएको थियो । उपप्रधानमन्त्री पौडेलले उक्त प्रणालीले कम भिजिविलिटीमा उडान गर्न सक्ने बताए ।

    उनले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताए । उनले आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे । उनले सरकारले अगाडि बढाएका आयोजनाहरूको विरोध नगर्न समेत आग्रह गरे ।

    images
    images

    उनले भने, ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ । कमी कमजोरी भए औंल्याउ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ । त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्‍यो । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुगेको छ । केहीले भन्छन् चल्दैन । हामी चलाएर देखाउँछौँ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend