images

२०८३ आश्विन १६ गते

images
images
images

दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण

दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • अछाम । मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।

    images
    images

    सोही विद्यालयको आवास गृहमा बस्दै आएका १५ जना अनाथ र पाँच जना दृष्टिविहीन बालबालिकालाई १० थान कम्बल र १० थान डस्ना वितरण गरिएको कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताए ।विद्यालयलाई वितरण गरिएको कम्बल र डस्ना हस्तान्तरण गर्दै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जिल्लामा क्रियाशिल अन्य परोपकारी संस्थाले पनि यस्तै रचनात्मक काम गर्नुपर्ने बताए ।

    विद्यालयमा प्राप्त भएको सहयोगले असहाय बालबालिकाको आवासका लागि धेरै राहत पुगेको विद्यालयका प्रधानाध्यापक वृकेशसिंह बोगटीले बताए । आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै उनले विद्यालयको तर्फबाट सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरे ।उक्त संस्थाले केही दिन अघि जिल्ला अस्पतालमा भर्ना भएका बिरामीका लागि ४० थान कम्बल वितरण गरेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend