images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • सुन्तलाको मूल्य चार दिनदेखि स्थिर, प्रतिकिलो...

सुन्तलाको मूल्य चार दिनदेखि स्थिर, प्रतिकिलो कति?

सुन्तलाको मूल्य चार दिनदेखि स्थिर, प्रतिकिलो कति?

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं ।  बजारमा सुन्तलाको मूल्य चार दिनदेखि स्थिर छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ।तथ्यांक अनुसार बजारमा स्वदेशी र भारतीय गरी दुई प्रकारका सुन्तला आउँछन्।

    images
    images

    आइतबार कालीमाटी बजारमा नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँसम्म कारोबार भएको थियो। त्यस्तै, भारतीय सुन्तलाको मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारसम्म आउँदा पनि सुन्तला सोही मूल्यमा कारोबार भएको छ।

    त्यसअघि नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सय देखि एक सय ३० रूपैयाँसम्म बिक्री भएको थियो। त्यस्तै, भारतीय सुन्तला भने ९० देखि एक सय रूपैयाँमै कारोबार भएको थियो।

    images
    images

    सिजन सकिएसँगै सुन्तलाको मूल्य बढेको छ।पुस पहिलो साता नेपाली सुन्तला प्रतिकिलो थोक मूल्य एक सय ५ देखि एक सय १५ रूपैयाँ किलोमा बिक्री भएकोमा माघ पहिलो साता आउँदा एक सय दशदेखि एक सय २० रूपैयाँ पुगेको छ।फलफूल व्ययवसायी शिव गिरिका अनुसार अहिले बजारमा नेपाली सुन्तला कम मात्रामा आउने गरेको छ। त्यस्तैले मूल्य वृद्धि भएको हो।

    उनका अनुसार अब १५ देखि २० दिनसम्म नेपाली सुन्तला बजारमा आउने छ। त्यसपछि भने भारतीय सुन्तालाको सिजन सुरू हुनेछ।कालीमाटीमा गोर्खा, स्याङ्जा, लमजुङ, काभ्रे, धरान लगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ।  थोक मूल्य बढेसँगै पभोक्ता मूल्य पनि बढेको छ। 

    अहिले बजारमा उपभोक्ताले एक किलो सुन्तलाको एक सय ५० रूपैयाँसम्म तिरिरहेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend