images

२०८३ आश्विन १९ गते

images
images
images

भैरहवा–बैंकक उडानको एकतर्फी भाडादर १३ हजार ९९० रूपैयाँ

भैरहवा–बैंकक उडानको एकतर्फी भाडादर १३ हजार ९९० रूपैयाँ

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडानका लागि प्रचार–प्रसार थालेको छ।

    images
    images

    कम्पनीले बुकिङ पिरियड राखेर यतिबेला आफ्नो वेबसाइट तथा समाजिक सञ्जालमा सस्तो भाडादरमा टिकट बिक्रीका लागि राखेको हो।

    जसअनुसार एकतर्फी भाडादर १२ हजार ९९० रूपैयाँ रहेको छ। यो भाडादरमा जनवरी २६ सम्म टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ।साथै यात्रुले फेब्रुअरी ३ देखि मार्च २९ सम्म यात्रा गर्न सक्नेछन्।

    images
    images

    थाइले गत कात्तिक १८ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरू गरेको हो। भिजिबिलिटीका कारण गत मंसिर २ देखि नियमित उडान रोकेको थाइले यही फेब्रुअरीबाट नियमित थाल्ने तयारी गरेको छ।

     



     



    नियमित उडान थाल्ने भएसँगै थाइले सस्तोमा टिकट बिक्री गर्न प्रचार–प्रसार पनि थालेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend