images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंकले हस्तान्तरण गर्‍यो पर्सागढीस्थित विद्यालयमा...

सानिमा बैंकले हस्तान्तरण गर्‍यो पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा

सानिमा बैंकले हस्तान्तरण गर्‍यो पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरूमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

    images
    images

    यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ।कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुबै विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरिएको हो। 

    चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकको भनाइ छ।

    images
    images

    बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ। 
    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटिएम सञ्चालनमा रहेका छन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend