images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • ६ महिनामा झण्डै ४ लाख नेपाली...

६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा

६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं ।  छ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

    images
    images

    मंसिरको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या भने घटेको छ । मंसिरमा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा पुसमा ६७ हजार दुई सय ५८ जनाको मात्र श्रम स्वीकृति भएको छ ।

    मंसिरको तुलनामा पुसमा झन्डै १७ हजारले कमी आएको हो । पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार तीन सय १६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना तथा श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार दुई सय ३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

    images
    images

    यस्तै सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा छ सय ५५ जनाको श्रम स्वीकृति भएको छ । सबैभन्दा धेरै नेपाली कामदार यूएई र त्यसपछि साउदी अरेबिया र कतार जाने गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend