images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ माघ...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ माघ ६ गते बाँडफाँट हुने, हात खाली हुने कति ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ माघ ६ गते बाँडफाँट हुने, हात खाली हुने कति ?

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आइपिओ) आइतवार अर्थात माघ ६ गते बाँडफाँट हुने भएको छ ।आइपिओको प्रि अलोटमेन्ट भने यही माघ २ गते सम्पन्न भइसकेकाले आइतवार बिहान बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । 

    images
    images

    सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपिओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर शुरुमा १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्छ । यसको आधारमा आईपीओ गोला प्रथाद्धारा बाँडफाट हुनेछ । 

    कम्पनीको आइपिओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् ।  अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आइपिओमा आवेदन परेको हो ।कम्पनीको आइपिओ बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन्  । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend