images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • टाटा मोटर्सले सार्वजनिक गर्‍यो २०२५ भर्सनको...

टाटा मोटर्सले सार्वजनिक गर्‍यो २०२५ भर्सनको 'टियागो इभी' र 'टिगोर'

टाटा मोटर्सले सार्वजनिक गर्‍यो २०२५ भर्सनको 'टियागो इभी' र 'टिगोर'

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सले २०२५ भर्सनको टियागो इभी र टिगोर सार्वजनिक गरेको छ।बिहीबार कम्पनीले यी गाडीहरू फेसलिफ्ट मोडलका रूपमा सार्वजनिक गरेको हो।टियागो इभी र टिगोर दुवै गाडी नेपाली उपभोक्तामाझ लोकप्रिय मानिने कम्पनीले विश्वास राखेको छ।

    images
    images

    कम्पनीले टियागोलाई पेट्रोल संस्करणमा पनि उपलब्ध गराएको छ।आधुनिक सुविधाहरू थप गरेर कम्पनीले गाडीलाई अझ आकर्षक बनाउने प्रयास गरिएको उल्लेख छ।टियागो इभीमा इन्टेरियरमा सुधार गर्दै एलइडी हेडलाइट्स, डोरमा इभी ब्याच, अपडेट गरिएको रियर क्यामेरा र १०.२५ इन्चको टचस्क्रिन राखिएको छ।

    साथै, अटोमेटिक हेडल्याम्पजस्ता फिचरले यसलाई नयाँ रूप दिएको छ।त्यस्तै, टिगोरको पेट्रोल संस्करणमा ३६० डिग्री क्यामेरा, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, टु–स्पोक स्टेयरिङ ह्विल र इलुमिनेटेड लोगो थपिएको छ।इन्जिन पावर भने अघिल्लो मोडल जस्तै नै छ। तर, नयाँ संस्करणमा सिएनजी विकल्प उपलब्ध गराइएको छ, जसले इन्धनको विभिन्न विकल्प खोजिरहेका उपभोक्ताहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

    images
    images

    टाटा मोटर्सले फेसलिफ्ट मोडलका रूपमा सार्वजनिक गरेका यी गाडीहरूले उपभोक्ताको रुचिमा सकारात्मक प्रभाव पार्ने र प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलियो बनाउने अपेक्षा गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend