एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ। सो साधारण सभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।
बैंकको २०८१ असार सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ।
बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।




.gif)





