images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको साधारण सभा माघ १५...

जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान

जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्ने भएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो ।

    images
    images

    सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । 

    सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    images
    images

    यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend