images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • नगददेखि मोवाइलसम्म हातपार्न सकिने‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’...

नगददेखि मोवाइलसम्म हातपार्न सकिने‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना

नगददेखि मोवाइलसम्म हातपार्न सकिने‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जा योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकको मोवाईल बैंकिङ्गमा भएको मुक्तिनाथ एनिभर्सरी बोनान्जा मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।

    images
    images

    सैगरी १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत १००को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गते सम्मका लागि रहनेछ ।दोश्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम १०,१२५ सम्म प्राप्त गर्न सक्नेछन । यो योजना २०८१ पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

    तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २००सम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ।

    images
    images

    यसका साथै मोवाईल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत १०००क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत ५०० का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।

    विकास बैंकले डिजिटल कारोबालार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend