images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको आईपीओमा कति पर्‍यो...

गार्डियन माइक्रो लाइफको आईपीओमा कति पर्‍यो आवेदन

गार्डियन माइक्रो लाइफको आईपीओमा कति पर्‍यो आवेदन

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासनको दोस्रो दिनमा ७ लाख ५५ हजार ७९६ जनाले १ करोड ५ लाख ७८ हजार २३० कित्ता शेयर खरिद आवेदन दिएका छन्। 

    images
    images

    सीडीएससीको तथ्यांक अनुसार आज साँझ ५ बजेसम्म  मागभन्दा ५।७३ गुणा बढीले आवेदन दिएका हुन् । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट चुक्ता पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

    सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।आइतबारदेखि कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

    images
    images

    सर्वसाधारणका लागि जारी आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सक्छन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend